सुन तस्करीको निष्पक्ष छानबिनको माग गर्दै रास्वपाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्‍यो

काठमाडाैं | साउन १०, २०८०

सुन तस्करीको निष्पक्ष छानबिनको माग गर्दै रास्वपाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्‍यो

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीको निष्पक्ष छानबिनको माग गरेर संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधवार सभामुख देवराज घिमिरेलाई प्रस्ताव बुझाउनुभएको छ । विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भएको सूचना र समाचार आएको तर सरकारले गहिरो अनुसन्धान नगरेको रास्वपाको आरोप छ ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरूले गृहमन्त्रीको राजीनामा नमाग्ने बरु निष्पक्ष ढङ्गले अनुसन्धान छिटो सम्पन्न गर्न दबाब दिने बताउनुभएको छ ।

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्